१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यो जानकारी दिएकी हुन। 

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ सेसन अफ  कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।

त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायीकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारी पत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ। 

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, निमा तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने, देवराज धमलाको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय समेत गरेको छ।

प्रवक्ता शर्माकाअनुसार नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको ४—०—०—० रोपनी जग्गा ५ शय्याको आधारभूत अस्पताल भवन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, उदयपुर जिल्ला उदयपुर गढी गाउँपालिकामा रहेको २—१०—०—० बिघा सरकारी जग्गा प्रशासकीय भवन निर्माणार्थ उदयपुर गढी गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, युएईमा आयोजना हुने १८ औँ एजुकेसन अफ द दुवै एयर सो २०२३ मा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ। 

आगामी मिति २०८० कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एन्ड रोड कन्फ्रेन्स अन साइन्स एन्ड टेक्नोलोजी एक्सचेन्ज कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८० १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App