५ वैशाख २०८१ बुधबार
राजनीति

'घुम्तीमा आक्रमण भयो' (भिडियो)

काठमाडौं- ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको थियो।

शनिबार थापाको घरदैलो अभियान आज बम विष्फोट भएकै स्थानबाट स्थगित भएको र पुन त्यही स्थानबाट कार्यक्रम सुरु हुने आँकलन सहित पूर्वतयारीका साथ आक्रमण भएको देखिएको कांग्रेस कार्यकर्ता भोलानाथ लामिछानेले बताए। शिक्षण अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले विष्फोटपछि थापालाई आफैले गाडीमा राखेर अस्पताल ल्याएको बताए। आक्रमणकारीले फलो गरेर घुम्तीमा घटना घटाएको उनको भनाई छ। दुईवटा गाडीमा अरु घाइतेलाई अस्पताल पठाएपछि तेस्रो गाडीमा थापालाई लिएर अस्पताल आएको उनले बताए।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

 

प्रकाशित: १८ मंसिर २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App