५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चियापानका आमन्त्रितहरुको पखाइमा एमाले अध्यक्ष ओली

तस्बिर: राजिव खत्री/नागरिक

नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) चियापन सुरु भइरहेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले आमन्त्रण गरेका चियापानका निम्तालुलाई कुरेर बसिरहेका छन्। उनीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, नेता अमृत बोहोरालगायतका नेताहरु कुर्सीमा बसेरमा आमन्त्रितलाई कुरिरहेका छन्।

अन्य नेताहरु निम्तालुको स्वागतका लागि उभिएका छन्। अहिलेसम्म कार्यक्रममा अन्य दलका नेताहरुको सहभागी भएका छैनन्।

एमालेका तत्कालिन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ।  

प्रकाशित: १५ कार्तिक २०८० ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App