संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलवार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन। उनले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोसाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेका छन्।
प्रकाशित: १२ कार्तिक २०८० ०९:३९ आइतबार