२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्री डा. महत लण्डनमा

अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन आइपुगेका छन्।

डा. महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरीय लगानी सम्मेलनमा समेत सहभागी हुन बेलायत आएका हुन्।

सम्मेलनमा डा. महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए। उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन फलदायी हुने बताए।

डा. महत शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए। मन्त्री डा. महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो। उनी नोभेम्बर १ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८० ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App