५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रविको प्रश्न: नेपाली भूमिमा छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा हामीलाई थाहा हुनु पर्दैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिमा गरेको भ्रमणबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका हुन्।

मोदीले भ्रमण गरेको गुन्जी क्षेत्र चुच्चे नक्साभित्रै नै पर्ने भएको र यत्रो ठुलो भ्रमण हुँदा सरकारलाई किन जानकारी नभएकाे भन्दै रविले प्रश्न गरे।

उनले यसको आधिकारिकताका लागि त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा उनले आफूलाई त्यसको जानकारी भएको तर उक्त क्षेत्रमा जान नपाउने जवाफ आएको बताए। 

 ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ। छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ। न देशलाई जानकारी गराएको छ। यत्रो ठुलो भ्रमण। कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ। यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौँ हामी जान पाउँदैनौँ भन्नुभयो, उनले भने, सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन ?’

प्रकाशित: २५ आश्विन २०८० ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App