१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम एमालेको अध्यक्षमा ४ जनाको उम्मेदवारी, साँझ ५ बजे मतदान हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  

नेताहरुले गरेको सहमतिको प्रयास सफल हुन नसकेपछि अधिवेशन सुरु भएको तेस्रो दिनमा अकाङ्क्षीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचत समितीका अनुसार प्रदेश समितीका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सचिवालय सदस्य कृष्णराज जेशी, संविधान शभा सदस्य भरत साउँद र प्रदेश सचिवालय सदस्य बचन बहादुर सिंहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।  

उम्मेदवारी दर्ता गर्ने सिंह बाहेकका ३ जना अछाम जिल्लाका छन्।

आइतवार नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका थिए।  

उद्घाटन शत्र सकिएपछि अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले तीनै जना आकाङ्क्षीलाई राखेर सहमती गर्न निर्देशन दिएका थिए। आईतवार र सोमवार दुई दिन नेताहरुले सहमती गराउन प्रयास गरेपनि सफल हुन सकेन।  

नयाँ नेत्तृत्त्व चयनका लागि आज साँझ ५ बजे मतदान हुने बताइएको छ।  

अधिवेशनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ५३ हजारभन्दा बढी संगठित सदस्यले छनोट गरेका ६ सय ७५ जना प्र्रतिनिधिको सहभागिता रहेको छ।  

प्रकाशित: २३ आश्विन २०८० ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App