१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा सहमतीबाटै नेतृत्व छान्न अध्यक्ष ओलीको आग्रह

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आईतबार देखि धनगढीमा शुरु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन सोमबार सम्म चल्ने छ। अधिवेशनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ५३ हजार बढी संगठित सदस्यले छनोट गरेका ६ सय ७५ जना प्रतिनिधीको सहभागिता रहेको छ।  

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका छन। ‘यहिका नेताहरु एक ठाउँमा बसेर फराकिलो मन पारेर आग्रह पुर्वाग्रह नराखि सहमतीका आधारमा उपयुक्त नेतृत्व छान्नुहोस’ अध्यक्ष ओलीले भने,‘मेरो समर्थन हुने छ।’

५ जना पदाधिकारीमा एक जना महिला अनिवार्य छानिनु पर्ने उनको भनाइ छ। विभाजन भएर नभई एकताबद्ध भएर अगामी २०८४ सालको निर्वाचनमा होमिनुपर्ने भएकाले पनि अधिवेसनबाट सहमतीका आधारमा नेतृत्व चयन हुनु आवश्यक रहेको उनको तर्क थियो। मिसन ०८४ सफल पार्न शालिन र बैचारिक शक्ती भएको उपयुक्त नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

यस अघि नेकपा एमालेलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै जोगाएर पार्टीलाई याहाँ सम्म ल्याउन सफल भएको उनले बताए। ‘स्मृद्ध नेपाल र शुखी नेपाली लक्षमा पुग्न मिसन २०८४ भनेका छौं’ उनले भने, ‘०८४ मा नेकपा एमालेको बहुमतको सरकार बन्छ।’

अहिले देशमा सरकार छ कि छैनको अवस्था रहेको उनले बताए। ईजरायलमा नेपाली विद्यार्थी आक्रमण परेर घाइते र केहि जनाको अवस्था अज्ञात हुदाँ पनि सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ। 

प्रचण्ड नेतृत्वको सरकारले देशमा भ्रष्टाचार र तस्करी गर्ने तथा गराउने कार्य गरिरहेको उनको आरोप थियो। ‘यो सरकारले भ्रष्टाचार ढाकछोप मात्र गरिरहेको छैन भ्रष्टाचार गरेको र गराएको छ’ उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भनेर डंका पिट्ने र जनतामा भ्रम सृजना गर्ने मात्र काम गरिरहेको छ।’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीको अध्यक्षका लागी ३ जना आकाक्षी देखिएका छन्। कमल तिमिल्सेना, कृष्णप्रसाद जैशी र बचन सिंह अकाक्षी देखिएका छन्।

प्रकाशित: २१ आश्विन २०८० १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App