१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

३ वर्षभित्र बेरोजगार समाधान गर्न वर्षेनी १५ हजारलाई सीपमूलक तालिम दिन्छौँ: मेयर बालेन

काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ।

आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आय वृद्धि योजना ल्याइएको बताएका छन्।

बालेनले भनेका छन्, 'महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको संवृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालन मा ल्याएको छ। हरेक बर्ष कम्तीमा १५००० जना लाई सीपमूलक तालिम दिने र कम्तीमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको संवृद्धि गौरव योजना ल्याइएको हो।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैङ्कको स्थापना गरेर रोजगारी अवसर बढाउने उनले बताएका छन्।

प्रकाशित: २१ आश्विन २०८० १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App