१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी लक्षित ओलीको टिप्पणीः सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन्।

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताए। उनले एमालेको बिरोध गर्न गिरिबन्धु टि स्टेट भनेपनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिए। कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने उनले दाबी गरे। उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए।

उनले भने, ‘हाम्रा बिरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन्। हिजो मैले पाल्र्यामेण्टमा अलिकति बोलेँ। त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो। के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो। तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा। खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त। आफैँ खोल, आफैँ जाउ। हामी सार्वजनिक सम्पती छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ। त्यो बाटो कहिल्यै समाएनौँ। सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन। हामी देश बनाउने पार्टी हो। हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग। त्यसको जवाफमा गिरिबन्धु टि स्टेट। के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल। तिनका नेताहरुले त्यही भनेको होला। गिरबन्धु टि स्टेट, यति, औम्नी भन। ति सबैकुरा उनीहरुले गराएका छन्। कमिसको चक्र उनीहरुले चलाएका छन्।’

प्रकाशित: १८ आश्विन २०८० १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App