१६ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

स्वर्णिमको दोहोरो जित

स्वर्णिमले स्वयम्भूमा भएको १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार दोहोरो जित हात पारेको छ।

स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको प्रतियोगितामा स्वर्णिम सिनियर ब्वाइज र गर्ल्समा विजयी भएको हो। सिनियर ब्वाइजको खेलमा स्वर्णिमले ओरेकल रेलाई ३८–३१ ले पराजित गर्‍यो। स्वर्णिमको जितमा स्रोतम कार्कीले १५ अंक योगदान गरे।

सिनियर गर्ल्समा हिसी डोल्मा ल्हामुको ४ अंक सहयोगमा स्वर्णिमले ज्ञानोदय बालवाटिकालाई २२–६ ले सहजै हरायो। सिनियर ब्वाइजमा राराहिलले एक्सेल्सियरलाई २४–१९ तथा बाल दीक्षा सदनले ज्ञानोदयलाई ४३–१२ ले हराए। राराहिलका ओवेशले १३ तथा बाल दीक्षाका सयल महर्जनले १० अंक जोडे।

सिनियर गल्र्समा द चाँदबाग स्कुलले बाल दीक्षालाई २५–३ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइटफिल्डलाई २२–१२ ले पन्छाए। चाँदबागकी सार्गा बाराकोटीले ८ तथा ल्यान्डमार्ककी प्रतीक्षा राईले १६ स्कोर गरे।

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा स्वस्तिश्री गुरुकुलले सेक्रेड हार्टलाई २–१, जोन डेवीले स्वस्तिश्री गुरुकुललाई ३–२ र सेक्रेड हार्टले कोहिनुरलाई ३–० गोलले पराजित गरे। अर्को खेलमा जोन डेवी र सेक्रेड हार्टले गोलरहित बराबरी खेले।

यु–१३ मा जोन डेवीले सेक्रेड हार्टलाई ३–० र एआई स्कुललाई २–१, ज्ञानोदयले बाल दीक्षालाई २–१ र होली भिजनलाई ८–१, एक्सेल्सियरले होली भिजनलाई ३–० तथा रेडियन्ट पब्लिकले किड्स लर्निङलाई १–० गोलले हराए।

एआई र हार्टल्यान्डबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो। यु–१६ मा न्यु एरा एकेडेमीले बाल दीक्षालाई ५–० को फराकिलो गोलअन्तरले पाखा लगायो। एक्सेल्सियर र न्यु अरुणोदयबीचको खेल गोलरहित बराबरीमा सकियो।

प्रकाशित: १६ माघ २०८२ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App