१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडल जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठकसम्म पैदल हिडे।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो। यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए।

काठमाडौं महानगरले विश्व सम्पदा क्षेत्रमा नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) घोषणा गरेको छ। सोहि अनुसार राष्ट्रपति पौडल पैदल गएका हुन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।  

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन ९सवारी साधन निषेधित क्षेत्र० मा सवारी साधन प्रवेश गराइदिनु भएन। उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ। सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ।'  

प्रकाशित: ११ आश्विन २०८० १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App