१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन गरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको छ। जसको सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहेका छन‍्।

बैठकले प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ। समितिको सदस्यहरूमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरू महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन्।

जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव र सदस्यहरूमा इन्चार्ज- गण्डकी र मधेस प्रदेशका, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष बागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, बागमती प्रदेश अन्तर्गतका- जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरू, अध्यक्ष- उपत्यका विशेष जिल्लाहरू अध्यक्ष- पार्टी सम्बद्ध जनसंगठनहरू रहेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ। समितिका सदस्यहरूमा सम्पर्क समन्वय कमिटी इन्चार्ज र पदाधिकारीहरू तोकिएको छ।

यस्तै खाद्य व्यवस्थापन समितिको संयोजकमा लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव रहेका छन्। समितिका सदस्यहरूमा उपत्यका विशेष कमिटीका इन्चार्ज, अध्यक्ष र पदाधिकारीहरू रहेका छन्। यातायात व्यवस्थापन समितिको संयोजकमा गोकर्ण विष्ट र रचना खड्का सचिव तोकिएको छ। समितिका सदस्यहरूमा उद्योग व्यावसायी महासंघका अध्यक्ष, यातायात सम्बद्ध व्यावसायी संगठन र ट्रेड युनियनका पदाधिकारीहरू रहेका छन्। रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको ज्ञवालीले बताए।

यसैगरी, यामलाल कंडेल, हिक्मत कार्की, चेतनारायण आचार्य राष्ट्रिय सभाका माननीय सदस्यहरू देवेन्द्र दाहाल, सोनाम ग्याल्जेन शेर्पा, गोपाल भट्टराई र डा अन्जान शाक्य महानगरका उपमेयरहरू सुनिता डंगोल र मंजलि शाक्य अन्य पूर्व सांसदहरू शान्ता चौधरी कोमल वली, सुनिता बरालसहित विदेश विभागका आवश्यक सदस्यहरू रहेका छन्।

यस्तै, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयं सेवक परिचालन समिति गठन गरिएको छ। समितिका आवश्यक संख्यामा भूतपूर्व सैनिक–प्रहरी, युवा, विद्यार्थी, खेलकुद सदस्यहरू रहने छन्। पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, गठन गरिएको छ। सदस्यहरूमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारीहरू, गणेश बस्नेत, श्रीधर आचार्य, राजेन्द्र अर्याल, विश्वमणी सुवेदी रहेका छन्।

विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ।

यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए। सांस्कृतिक समितिको सचिवमा जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बालाई तोकिएको छ। समितिका सदस्यहरूमा इन्चार्ज र पदाधिकारीहरू जनसांस्कृतिक महासंघका संस्कृति विभागका सचिव रहेका छन्। यो समितिको संयोजक तोकिएको छैन।  

कुन नेतालाई के जिम्मेवारी ?

१.संयोजक शंकर पोखरेल

सचिव पृथ्वी सुब्बा गुरुङ

सदस्य योगेश भट्टराई

२. जनपरिचालन समिति

 संयोजक  प्रदीप ज्ञवाली

 सचिव राजन भट्टराई

३. आवास व्यवस्थापन समिति

 संयोजक छविलाल विश्वकर्मा

 सचिव लालबाबु पण्डित

४. खाद्य व्यवस्थापन समिति

 संयोजक लेखाराज भट्ट

 सचिव भीष्म अधिकारी

५. यातायात व्यवस्थापन समिति

 संयोजक गोकर्ण विष्ट

 सचिव रचना खड्का

६.अतिथि सत्कार समिति

 संयोजक रघुवीर महासेठ

सचिव  महेश बर्तौला

७.प्रतिनिधि व्यवस्थापन समिति

संयोजक काशीनाथ अधिकारी

 सचिव माधव ढुंगेल

८. स्वयम् सेवक परिचालन समिति

 संयोजक भानुभक्त ढकाल

 सचिव विनोद पाण्डे

९. प्रचार समिति

 संयोजक पद्मा अर्याल

 सचिव राजेन्द्र गौतम

१०. मञ्च व्यवस्थापन समिति

 संयोजक विनोद श्रेष्ठ

 सचिव लोकबहादुर भण्डारी

११. स्वास्थ्य समिति

 संयोजक कृष्ण गोपाल श्रेष्ठ

 सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

१२. आर्थिक समिति

 संयोजक. विष्णु रिमाल

 सचिव विना श्रेष्ठ

१३ साँस्कतिक समिति

सचिव भूमिका सूब्बा

प्रकाशित: ५ मंसिर २०८२ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App