१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

तस्बिर: बालकोट।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पारे।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताए। उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए।

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

प्रकाशित: २ आश्विन २०८० १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App