२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न विशेष आयोग गठन गर्नुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा केही दिन अघि आफू साउदी अरव र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।

अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदुतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले सरकारले विचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाए।

अध्यक्ष लिङदेनले भने, ‘नेपालमा गरिखान नपाएपछि नेपालीहरू विदेश पुगेका छन्। तर, उनीहरूको अवस्था दयनीय छ। त्यहाँ रहेका राजदुतावासहरूको अवस्था पनि दयनीय छ। सरकारले त्यसले त्यहाँको राजदुतावासको स्थिति सुदृढ बनाओस्। र, वैदेशिक रोजगारमा रहेका युवाहरूको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिशन गठन होस् भनेर माग गर्न चाहन्छु।’

अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरुको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

प्रकाशित: १८ भाद्र २०८० ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App