७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनेर राखेको स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन्।

मेयर शाहले सोमवार सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन्। उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन।

शनिबार बेलुका शाहले  ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भन्दै स्टाटस लेखेका थिए।

उनकी श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरी रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए।

प्रकाशित: १८ भाद्र २०८० ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App