९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोसी सरकारविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ। आजको लागि तोकिएको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ। रिटको सुनुवाइ सर्वोच्चका अनुसार इजालस न‍ं‍- ५ को 'क' मा पेशी तोकिएको हो।  

यसअघि शुक्रबारको लागि तोकिएको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि स्थगित भएको थियो। प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन्।

यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो।

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गरेको र यो गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: १७ भाद्र २०८० ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App