१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको विशेष रुपान्तरण अभियान, अध्यक्ष दाहालले भनेः पार्टी एकतावद्ध भई फेरि बलियो बन्छ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्।  

माओवादी केन्द्रले आजदेखि सुरु गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै दाहालले यस विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे।  

उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने  विश्वास पनि व्यक्त गरे।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले अभियानको उद्घाटन गरेका छन्। अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ।  

गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो।  

प्रकाशित: १६ भाद्र २०८० ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App