२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन । कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी जस्ता काण्डको पर्दाफास गरेको वर्तमान सरकारले अन्य भष्ट्राचारको समेत फायर खोल्नु पर्ने बताए । कांग्रेस कपिलवस्तुले सदरमुकाम तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उनले सो कुरा बताएका हुन । महामन्त्री शर्माले कांग्रेसले निर्दोष मान्छेलाई फसाउन हुन्न र भ्रष्ट्राचारीलाई जोगाउन हुन्न भन्नेमा लागेको बताए । 

२०४६ साल पछि काङ्ग्रेसकै नेतृत्वमा भ्रष्टाचार सम्बन्धी बिभिन्न ऐन, नीति नियम निर्माण भएको भन्दै भ्रष्टाचार विरुद्ध पार्टी शसक्तरुपमा अघि बढने बताए ।  कांग्रेसको अगुवाइमा  बनेका ऐन नियमको परिधि भित्र रही कैयौँ काँग्रेसी नेताहरूमाथि नै भष्ट्राचारको मुद्दा लागेको छ, त्यसैले कांग्रेसले भष्ट्राचारीलाई बचाउनेमा लाग्दैन ’ उनले भने । उनले धरानमा बिभिन्न समुदायलाई भिडाएर साम्प्रदायिकता ल्याउन खोजेको भन्दै चिन्ता व्यक्त गरे । भाषा, जात समुदायको विविधता भए पनि सदभाव कायम गरी बसेको कपिलवस्तुबाट धरानले पनि सिको गर्नु पर्ने बताए । उनले कांग्रेस मिसन २०८४ को कुरा नगरी अहिले जन सरोकारका र चासोका बिषयमा कांग्रेस केन्द्रित हुनु पर्ने बताए । २०८४ मा समेत निर्वाचन हुने र त्यो कुनै नौलो विषय नभएको भन्दै उनले कांग्रेसले कांग्रेस मात्र नभै देशलाई जोडने काम गनर्् पर्ने बताए । ‘ 

जनतासँग प्रत्यक्ष गाँसिएको कुराहरूमा लाग्नु पर्छ, रूपान्तरण भएर जानु पर्छ जसरी चलेका त्यसरी नै चलाए अब त्यो गर्नु हुन्न ’ उनले भने । उनले कांग्रेसले आफ्नो संस्कार र समन्वय गरी सबैलाई मिलाएर लैजानु पर्ने बताए । ‘ समन्वय नभए कांग्रेस सकिन्छ, सारा कुराको समन्वय गर्ने ताकत राख्नु पर्छ ’ उनले भने । उनले काँग्रेसलाई जनताले भरोसा गर्ने दल बनाउनु पर्नेमा जोड दिए । महामन्त्री शर्माले काङ्ग्रेसबाट पालिका जितेका जन प्रतिनिधिहरूलाई जनतासँग जोडिएर, पाटींसंग समन्वय गरी काम गर्न सुझाव दिए । उनले पार्टीलाई अझ मजबुत बनाउर्दै लानु पर्ने बताए । उनले मधेसमा धोती लगाएर बस्ने मानिस र पहाडमा टोपी लगाएर बस्ने मानिस दुबैमा उत्तिकै राष्ट्रियता रहेको बताए । सिराहा, सप्तरी, कपिलवस्तु लगायत तराईमा धोती लगाएर बस्नेहरु समेत उत्तिकै राष्ट्रवादी रहेको उनले बताए । उनले बिपी सरकारका बेला मधेसी समुदायका राम गोपाल मिश्र मन्त्री रहेको र उनले राजा महेन्द्रले प्रलोभनमा पार्न खोजे पनि नझुकेको स्मरण गराए । 

उनले दुवै सदनबाट दुई दुई पटक नागरिकता विधेयक पास हुँदा समेत एमालेले रोकेको भन्दै कांग्रेसले ल्याएको नागरिकता विधेयकबाट मधेस मात्र नभै पहाडका नागरिकले समेत नागरिकता पाउने बाटो खुलेको बताए । कांग्रेसको नेतृत्वमा बनेको सरकारले रोजगारी  सृजना गर्ने खालका उद्योग धन्दा शैक्षिक संस्था बैक लगायताका संस्थाहरू स्थापना भएकाले अहिले तिनीहरू ठाउँ ठाउमा बिस्तार गरेको बताए । उनले वैदेशिक पलायन रोक्न नसकेकामा पार्टीले क्षमा माग्नु पर्ने बताए । तर वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले गर्दा नै माओवादी द्धन्द्धकालीन समय, नाकाबन्दी कोरोना कालमा समेत देशको आर्थिक व्यवस्था चलेको बताए । पार्टी सभापति अब्दुल कलामको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालन उप सभापति हुमाकान्त खनालको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी नेताहरु अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, सुधारकर पाण्डेय, राजेश आचार्य लगायतको सहभागीता रहेको थियो । 

प्रकाशित: १२ भाद्र २०८० ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App