२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।  

सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए । मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी र भयरहित निर्वाचन बनाउन दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।  

उनले निर्वाचनमा के–के गर्दा आचारसंहितको उल्लङ्घन हुन्छ । त्यस बारेमा सहभागीहरुलाई प्रस्ट्याएका थिए । कुन क्षेत्रका उम्मेदवारले कति रकम खर्च गर्न पाउने लगायतका विषयमा पनि जानकारी गराएका थिए । उनले आचारसंहिताको पालना नगरेमा उम्मेदवारी रद्धका लागि सिफारिससम्म गर्न सक्ने भएकाले सबैलाई सहयोगका लागि आग्रह गरे । निष्पक्षता माथि शङ्का नगर्न आग्रह गर्दै उनले निर्वाचन प्रक्रियामा ठूला र साना दल नचिनिने सबैलाई आचारसंहिताको पूर्ण रुपमा पालना गराइने बताए ।  

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना नगरेमा आवश्यक कारबाही हुने बताए ।  

जनप्रतिनिधिहरुले गर्नुपर्ने आचारसंहिताका विषयमा समेत उनले जानकारी गराएका थिए । सुरक्षा व्यवस्थामा कुनै कन्जुस्याँइ नगरिने जनाउँदै उनले निर्धक्क साथ आचारसंहिता पालना गरेर आफ्नो प्रचारमा जुट्न आग्रह गरे ।  

कार्यक्रमका उद्देश्यका बारेमा निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले प्रकाश पारेका थिए ।

 

प्रकाशित: १५ माघ २०८२ १७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App