१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

सङ्घीय संसद्मा देखा परेको गतिरोध लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिना निष्कर्ष टुंगिएकाे हाे। बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ। 

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सर्वदलीय बैठक गरेका थिए। बसेको आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि भोलि फेरि बस्ने गरी सकिएको हो।

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध हुँदै आएको छ। सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन। संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन्।

प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो। सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ। सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन्।

प्रकाशित: ३ भाद्र २०८० ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App