सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै छन्। बिहान ९ बजे बालुवाटारमा छलफल तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएश्र
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले गत साउन १० गतेदेखि पटक पटक सदन अवरुद्ध गर्दै आएको छ।
प्रकाशित: १ भाद्र २०८० ०३:२५ शुक्रबार




-600x400.jpg)
