१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छः वामदेव गौतम

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन्।

उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए। अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए। उनले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे। गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भु–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए।

उनले भने, ‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन। के हो स्थिति हाम्रो? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन? भन्ने विषयमा ध्यान गएको पाइएन। हाम्रो देशको भू–सतह निरन्तर चलायमान अवस्थामा छ। संसारमा सबभन्दा पछि विकसित भएको भू–सतह हो हाम्रो। अरु ठाउँका जतिपनि प्लेटहरु छन्, त्यसमाथि जमिन छ। उनीहरु ५/६/१० अर्ब पहिले विकसित भएका छन् र हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो। यो भूकम्पको अवस्थामा पनि छ। यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग ग¥यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ। जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ। यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ। छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो। भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिडाएर बाटो खन्नु भएन। जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ। बाढी, पहिरो आउँछ। यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ।’

प्रकाशित: ३२ श्रावण २०८० १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App