७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी संसद विरोधी पार्टी हो,काँग्रेस कम्युनिस्टको पुच्छर बनेको छ: सांसद सिंह

फाइल तस्बिर

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।

आज सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन। उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए। उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए। उनले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए।

सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए। अहिले सरकारमा पनि कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए। उनले काँग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गरे। उनले नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए।सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे। 

प्रकाशित: ३२ श्रावण २०८० ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App