१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

नेपाल प्रहरीको सरुवा प्रक्रियालाई व्यवस्थित पार्ने भन्दै निर्माण भएको ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड-२०७९’ अनुसार मंगलबार ९५८ जना प्रहरी निरीक्षक (प्रनि) सरुवा गरिए।

मापदण्डअनुसार प्रनिहरू कार्यालय प्रमुख एवं सहायक दरबन्दीमा सरुवा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी कर्मचारी सरुवा/बढुवा विधिपद्धतिअनुसार हुने र भनसुन तथा चलखेल नचल्ने बताएका थिए। जसले प्रहरी संगठनभित्र ऊर्जाको सञ्चार भएको थियो।

त्यसको एक दिन पनि नबित्दै मापदण्डविपरीत प्रहरीको उपल्लो दर्जाका अधिकारीहरू सरुवा गर्नेगरी सरकारले तयारी गरिरहेको खबर बाहिरिएको छ। स्रोतका अनुसार गृह मन्त्रालयले चार महिनाअगाडि मात्रै पदस्थापन भएका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गर्नेगरी तयारी गरिरहेको सूचना बाहिरिएको छ।

नेपाल प्रहरीको सरुवा प्रक्रियालाई व्यवस्थित पार्ने भन्दै निर्माण भएको ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड-२०७९’ अनुसार मंगलबार ९५८ जना प्रहरी निरीक्षक (प्रनि) सरुवा गरिए।

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। ‘प्रस्ताव लगभग तयार भइसकेको छ, केही दिनभित्रै मन्त्रिपरिषद्मा जान्छ होला,’ गृह मन्त्रालय स्रोतले भन्यो।

स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका इन्चार्ज रहेका एआइजी राईलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य विभाग पठाएर उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई लैजाने तयारी गरिएको छ।

ज्ञवाली इन्चार्ज रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दीपक थापालाई ल्याउन खोजिएको छ। थापा अहिले प्रधान कार्यालयअन्तर्गतको प्रशासन विभागमा कार्यरत छन्, जहाँ मीरा चौधरीलाई ल्याउन खोजिएको छ। चौधरी अहिले कार्य विभागमा कार्यरत छन्।

प्रहरीमा आठजना एआइजीको दरबन्दी हुन्छ। बाँकी चारजना एआइजीहरूमा किरण बज्राचार्य केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) इन्चार्ज छिन् भने प्रधान कार्यालयमातहतका मानव स्रोत विकास विभागमा सुन्दीप भण्डारी, प्रदेश समन्वय विभागमा सुदीप गिरी र अपराध अनुसन्धान विभागमा टेकबहादुर तामाङ कार्यरत छन्।

एआइजीहरू इन्चार्ज रहने दरबन्दी भनेको सिआइबी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र काठमाडौं उपत्यका प्रहरी कार्यालय मात्रै हुन्। यसैले यी ठाउँहरूमा जान एआइजीहरूको मारामार हुँदै आएको छ।

स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका इन्चार्ज रहेका एआइजी राईलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभाग पठाएर उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई लैजाने तयारी गरिएको छ।

पछिल्लो समय एआइजी ज्ञवाली र थापा शक्तिकेन्द्रहरूनिकट भएकाले उनीहरूलाई व्यवस्थापन गर्न पदस्थापन भएको चार महिनामै सरुवा गर्न लागिएको स्रोत बताउँछ। यद्यपि ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा राम्रो भूमिका निर्वाह गरेको बताइन्छ।

गत चैतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका एआइजीहरूलाई २०७९ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको थियो। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन्।

 ‘प्रहरी संगठनलाई व्यवस्थित पार्ने र नेपाल प्रहरीको दुई वर्षे कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने हो भने एउटा अधिकारीलाई कम्तीमा एक वर्ष त जिम्मेवारी पूरा गर्न दिनैपर्छ,’ एकजना उच्च अधिकारीले भने, ‘यसरी चारचार महिनामै बिनाकमजोरी हटाउने, सरुवा गर्ने हो भने प्रहरीको आत्मबल उँभो लाग्दैन।’

सरकारले एकातिर प्रहरीलाई व्यवस्थित, हस्तक्षेपमुक्त र भनसुन तथा चलखेलमुक्त बनाउने भन्ने अर्कातिर यसरी असमयमै आफ्ना स्वार्थ पूरा गर्न कर्मचारी सरुवा गर्ने हो भने संगठन कहिल्यै नसुध्रिने ती अधिकारी बताउँछन्।

गत चैतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका एआइजीहरूलाई २०७९ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको थियो।

उता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका इन्चार्ज रहेका एआइजी राईले आफूलाई चार महिनामै इन्चार्ज रहेको ठाउँबाट सरुवा गर्न लागिएको भन्दै असन्तुष्टि जनाइरहेका छन्। उनले प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलाई भेटेरै आफ्नो असन्तुष्टि राखेको स्रोतले बतायो। आफूले राम्रो काम गर्दागर्दै इन्चार्जबाट सरुवा गर्न लागिएकोमा उनको चित्तदुखाइ रहेको बताउने गरेका छन्। आइजिपी वसन्त कुँवरसँग ‘असन्तुष्टि’ जनाएका छन्। एआइजी राई प्रहरीमा प्रवेश गरेदेखि हालसम्म तेस्रोपटक मात्रै इन्चार्ज भएका हुन्।

प्रकाशित: ३२ श्रावण २०८० ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App