८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू

फाइल तस्बिर

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज  आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए।

‘सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन’, मन्त्री लिम्बूले भने। देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ। ‘जुन रुपमा हामी अगाडि बढेका छौँ। युवालाई चित्त बुझेको छैन। युवाले खोजेको कुरा प्राप्त भएको छैन। नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छ्’, उनले भने। युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशिलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए। युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे। उनले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रीत गर्न सके देशको विकास हुने बताए।

युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताए। रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताए।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशिलता वर्षको रुपमा घोषणा गरेकाले युवालाई स्वदेशभित्र नै स्वरोजागार बनाइने बताए। उनले परिषद् युवाको नेतृत्वका विकास, युवाको सशक्तिकरण र उद्यमशिलताका क्षेत्रमा काम गर्न तयार रहेको धारणा राखे।

परिषद्का सदस्य सजिना थापामगरले युवाका लागि बनेका नीति र संरचनालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताइन। मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद रइन रायनले मधेस प्रदेशका युवालाई जागरुक गराउनुको साथै आफ्नै प्रदेशमा रोजगारीका लागि काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए।  

प्रकाशित: २७ श्रावण २०८० १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App