६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

क्विन्टल सुन प्रकरण: गृहमन्त्रीले संसद्मा जवाफ दिने

फाइल तस्बिर

क्विन्टल सुन प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिने भएका छन्।  

आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले जवाफ दिने भएका हुन्।

सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गर्दै आइरहेको थियो। 

संसदको अवरोध हटाउनेबारे सोमबार र मंगलबार सभामुखसहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो। तर सहमति भने जुट्न सकेको थिएन्।

तर क्विन्टल सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने भएपछि एमालेले संसद् चल्न दिने भएको हो। गृहमन्त्रीको जवाफ चितबुझदो नआए संसद् अवरोध गर्ने एमाले सचेतक महेश बर्तौलाले बताएका छन्।  

प्रकाशित: २३ श्रावण २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App