४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम सरकारले ६ महिनामा पायो पूर्णता, ३ मन्त्रीले लिए शपथ

नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ। नागरिक उन्मुक्ती पार्टी पनि  सरकारमा सहभागी भएको छ। सरकारलाई समर्थन जनाएपनि यसअघि भागबण्डा नमिल्दा नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी भएको थिएन्।

नागरिक उन्मुक्ती पार्टीको भागमा राखेर प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई अहिले सम्म मन्त्री बिहिन राखिएको थियो। तर भागबण्डामा सहमती नहुँदा यसअघि नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी भएको थिएन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्। रिक्त रहेको उक्त मन्त्रालयमा चौधरीले जिम्मेवारी पाएसँगै सरकारले पुर्णता पाएको छ। शुरुदेखि नै सत्तागठबन्धन बिच भागबण्डामा कुरो नमिल्दा मुख्यमन्त्री शाहलाई सरकारलाई पूर्णता दिन सकस परेको थियो। सरकारलाई पूर्णता दिन मन्त्री शाह लगायत सत्तागठबन्धन दलका नेताहरु कयौ पटक काठमाण्डौ पुगेर प्रधानमन्त्री प्रचण्ड, नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई भेटेका थिए। शिर्ष नेताहरुको पहल पछि नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी हुन मन्जुर भएको थियो।

नागरिक उन्मुक्ती पार्टीका कैलाश जोशी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन्। यसैगरि मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पुथ्वी बहादुर सिंहको गत असार ५ गते दुर्घटनामा परि निधन भएकोले उक्त मन्त्रालय पनि रिक्त रहेको थियो।

नव नियुक्त मन्त्री चौधरी र भट्टलाई बुधवार साँझ नै प्रदेश प्रदेश प्रमुख देवराज जोशिले पद तथा गोपनियताको शपथ खुवाएका छन्। यसैगरी राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले शपथ खुवाएका छन्।

मन्त्री चौधरी प्रदेश शभामा कैलाली निर्वाचन क्षेत्र २ को (ख) बाट निर्वाचित भएका हुन् भने मन्त्री भट्ट बैतडीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेश शभा सदस्यमा निर्वाचित भएका हुन्। भने राज्यमन्त्री चौधरी कैलाली निर्वाचन क्षेत्र १ को  (क) बाट प्रदेश शभा सदस्यमा निर्वाचित भएउका हुन्। सुदुर पश्चिम प्रदेश सरकार मन्त्रिपरिषद विस्तार भएको यो तेश्रो पटक हो।

गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएर माघ २७ गते पद तथा गोपनियताको सपथ खाएकै दिन मुख्यमन्त्री शाहले नेपाली काग्रेसका प्रकाश देउवालाई भौतिक पुर्वाधार विकास मन्त्री र नेकपा एसका नरेस शाहिलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए। करिव ४ महिना पछि गत जेठ ६ गते मात्र सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएका थिए। नेकपा माओवादी केन्द्रका रमेश धामी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, झपट बहादुर साउद सामाजिक विकास र  नेपाली काग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए। प्रदेश शभामा ७ सदस्य रहेको नागरिक उन्मुक्ती पार्टीले त्यतीवेला भागबण्डामा असन्तुष्टी जनाउदै सरकारमा सहभागी हुन ईन्कार गरेको थियो।

गत मंसिर ४ गते भएको निर्वाचन बाट निर्वाचित सुदूरपश्मि प्रदेश शभामा कुनै पनि दलको बहुमत छैन। ५३ सदस्यीय प्रदेश शभाका २९ (बहुमत) सदस्य पुगाएर पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार विस्तार नहुदै एक महिनामै ढलेको थियो। रावललाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेका नागरिक उन्मुक्ती पार्टीका सासंदहरुले विश्वासको मत नदिदाँ रावलको सरकार संकटमा परेको थियो।

संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश शभामा सवैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काग्रेसका संसदिय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा सत्तागठबन्धन बदलिदा शाहलाई विश्वासको मत लिन सहज भएपनि सरकारलाई पूर्णता दिन भने हम्मे हम्मे परेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता नपाउदाँ विकास लागयतका कामले गति पाउन सकेको थिएन्।

नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र नेकपा एकिकृत समाजवादी सत्तागठन्धनमा रहेका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सदूरपश्चिम प्रदेश शभामा नेपाली काग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा एकिकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश शभा सदस्य रहेका छन्।

प्रकाशित: १७ श्रावण २०८० १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App