४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

क्याप्शन

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री दाहालले छलफल गरेका छन्। 

सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री दाहालले सोमबार भौतिक योजना तथा यातायात मन्त्रालय, यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन्। 

छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो। छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराएका छन्। 

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई टार्गेट गरेर विशेष बसहरू सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १५ श्रावण २०८० १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App