२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक आह्वान गर्ने तयारी गरेका छन्। प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बोलाइएको हो।

प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठक मंगलबार अपराह्न बस्ने गरी बोलाएका छन्। 

आइतबार बिहान मात्रै प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकाशमा जाँदै छन्। त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: १४ श्रावण २०८० ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App