३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छः शेखर कोईराला

फाइल तस्बिर

नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन्। 

उनले जता हेर्‍यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताए। भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने उनको भनाइ छ। नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए। उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए।

उनले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भिर तरिकाले गाँजिएको मैले पाइराखेको छु। जताहेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीँ भ्रष्टाचार देखिन्छ। यो केन्द्रिय समिति पछिको नेपाली काँग्रेस भ्रष्टाचारमा शुन्य सहनशिलताको हिसावले हामी अगाडी बढ्नै पर्छ। नत्रभने नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ भन्नेकुरा तपाईहरुलाई भन्न चाहन्छु। दण्डहिनताको अन्त्य हामीले सकिराखेका छैनौँ। राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको छ । हुँदाहुँदा कानून नै हामीहरु यस्तो बनाउन खोज्दैछौँ, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने। यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु। भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने? यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली काँग्रेस यो केन्द्रिय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौँ भन्नेकुरा तपाईहरुको माझ राख्न चाहन्छु।’

प्रकाशित: ९ श्रावण २०८० ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App