११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसद श्रेष्ठकाे प्रश्न : इँटा भट्टामा मान्छे पोल्नेलाई बचाउन यो ऐन ल्याएको हो ?

सांसद सुमना श्रेष्ठले कुकर्म र अपराधलाई पखाल्ने गलत मनसायले सकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयक ल्याएको आरोप लगाएकी छिन्।

विधेयक माथि आफ्नो विरोधको सूचना राख्ने क्रममा आइतबार संसद्मा उनले उक्त आरोप लगाएकी हुन।

‘राजनीतिको नाममा कसलाई बचाउन ल्याएको ऐन हो यो? इट्टा भट्टामा मान्छे पोल्नेलाई बचाउन ल्याएको हो यो ऐन? की एम्बुलेन्सबाट मान्छे थुतेर मार्नेलाई बचाउन ल्याएको हो यो विधेयक? की भाला रोपेर मान्छे मार्नेलाई बचाउन ल्याएको हो यो विधेयक?’, उनले प्रश्न गरिन्।

सांसद श्रेष्ठले थपिन, ‘अपराधलाई पखाल्ने गङ्गा जल यो सदन होइन।’ उनले अपराधलाई राजनीतिकरण र निस्वार्थ भावले गर्नुपर्ने राजनीतिलाई अपराधीकरण गर्ने गरी विधेयक ल्याइएको आरोप लगाइन्।

‘यो विधेयक ल्याएर मालिक बन्न खोज्ने ? यो संविधानको विपरीत छ। यो विधेयक पास भयो भने मुद्दा हाल्नुहोस्। दण्डहीनताको देश नेपाल होइन, हिंसाको च्याप्टर सकियो। कुनै दलको राजनीतिक आडमा चोख्याउन पाइँदैन’, सांसद श्रेष्ठले भनिन्।

प्रकाशित: ३१ असार २०८० १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App