सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा मंगलबार बिहान ८:११ बजे फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए।
नेपाल मेडिसिटी अस्पतालका अनुसार प्रभु हेलिकोप्टरमार्फत पाइलटसहित घाइते दुवैलाई अस्पताल ल्याइएको हो। उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
यस घटनामा ज्यान गुमाएका एक विदेशी पर्यटकको पनि पहिचान भएको छैन।
प्रकाशित: १७ कार्तिक २०८३ ०९:५८ मंगलबार





