१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

मलेखु-मुग्लिङ सडक : मझिमटारमा आज बिहान दुई घण्टा सवारी आवागमन रोकिने

फाइल तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको मझिमटारमा आज (मंगलबार) बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

मझिमटारस्थित आकाशे पैदल पुलको यात्रु आवतजावत गर्ने भाग राख्ने (गर्डर लन्चिङ) कार्य सम्पन्न हुन नसकेपछि पुनः सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक योजनाले जनाएको छ।

योजनाका अनुसारआज बिहान ९ देखि ११ बजेसम्म उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

यसअघि सोमबार गर्ने भनिएको काम सम्पन्न हुन नसकेपछि पुनः सडक बन्द गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो।

योजनाले उक्त समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय व्यवस्थापन गरी यात्रा गर्न अनुरोध गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App