४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘आयोगको निर्णय दलहरूले मान्नु पर्छ’

विराटनगर – नेपाली का“ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भरतपुरमा पतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गरेको निर्णय दलहरूले मान्नुपर्ने बताएका छन् । शनिबार विराटनगरमा गुँरास पुस्तकालय वरगाछिले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा कोइरालाले संवैधानिक अंगहरूले गरेका निर्णय दलहरूले मान्नुपर्ने बताएका हुन् । 

उनले भरतपुरमा आफ्नो माग अनुरुप निर्णय नआएको भन्दै एमालले संरद अबरुद्ध पारेर प्रधानमन्त्री निर्वाचन पछिसार्न सक्ने आशंका गरेका छन् ।  देशमा यतिवेला अराजकता हावी भइरहेको कोइरालाको भनाई छ । कार्यपालिका अराजक हुनु स्वभाविक भए पनि न्यायपालिका र व्यवस्थापिका अराजक हुनु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ । महाअभियोगबारेमा अदालतले गरेको निर्णयले संसदको विशेष अधिकार हनन भएको भन्दै उनले अदालतको निर्णय कार्यपालिकाको अराजकता भएको बताए । यस्तै मतपत्र च्यातिकएको विषयमा संसद अवरुद्ध पार्नु पनि व्यवस्थापिककाको अराजकता भएको उनको भनाई छ । 

कोइरालाले मतपत्र च्यातिएको विषयमा निर्णय गर्न निर्वाचन आयोग स्वतन्त्र निकाय हु“दा हु“दै संसद अवरुद्ध पार्नुपर्ने कुनै कारण नभएको बताए । उनले स्वतन्त्र निकायहरूको निर्णय मान्न तत्पर नभए लोकतान्त्र संस्थागत गर्न गाह्रो हुने बताए । ‘निर्वाचन आयोगले जे निर्णय गरे पनि मान्नु पर्छ आफ्नो माग अनुकुल निर्णय भएन भनेर विरोध गर्नु अराजकता हो’ कोइरालाले भने  । 

प्रधान न्यायधिश विरुद्ध महाअभियोग लगाउनु र मतगणनाको क्रममा मतपत्र च्यात्नु दुवै गलत भएको कोइरालाले बताए ।‘ गल्ती भएको विषयलाई स्वीकार गर्नुपर्छ ’ कोइरालाले भने । मधेसी मोर्चालाई चुनावमा सहभागि गराउनका लागि केहि दिन चुनाव सार्नु बाध्यता भए पनि निर्धारित समयमा चुनाव हुने ठोकुवा गरेका छन् । उनले चुनावका विषयमा नअलमलिन पनि कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । कोइरालाले भने‘चुनावको वियषमा अन्योलमा  नपर्नुस् ।  निर्धारित मितिमै चुनाव हुन्छ ।’ पानी परे पनि चुनावमा सहभागि हुन कोइरालाले मतदाताहरूलाई आग्रह पनि गरेका छन्।

प्रकाशित: २० जेष्ठ २०७४ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App