१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीभित्र मित्रता र एकता आवश्यक छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई आज सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गरे।

उनले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझादारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

“समझादारी तरिकाले काम गर्यो। अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उनले भने, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन। कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ।”

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे।

उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे। अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको भनाइ राखे।

उनले जनता अहिले पनि परिवर्तन, न्याय र सुशासनको पक्षमा रहेको भन्दै आफूले जनताको भावनालाई समेट्न नसकेको बताए।

अध्यक्ष ओलीले सिङ्गै समाज समेटिएको एमाले परिपक्क पार्टी भएको बताए। उत्साह र आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकतालाई आग्रह गर्दै उनले मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्ने दाबी गरे।

प्रकाशित: २६ असार २०८० १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App