८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन्।

सोमबार उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि नै अग्रसरता लिनुपर्ने धारणा राखेका हुन्।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिईरहेको पनि स्मरण गराए।

संसद गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उनले उल्लेख गरे। अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले अमूर्त ढंगले नभई समाधानमुखी रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए। सदनमा प्रतिपक्षीले माग गर्ने र सरकारले त्यसको उचित सम्बोधन गर्ने पद्धति रहेकाले अध्यक्षको हैसियतले आफूले दुवै पक्षलाई यो वा त्यो गलत भन्ने अवस्था नरहेकाले संवाद गर्न सुझाएको पनि उनले बताए।

अध्यक्ष तिमिल्सिनाले भने, ‘बैठक चलाउने अध्यक्षले मात्रै होइन। संसदका बैठकहरु संचालन गर्दाखेरी एउटा नेतृत्व गर्ने हिसावले अध्यक्ष वा सभामुखको प्रमुख भूमिका हुन्छ। त्यो स्वभाविक हो। तर जुन विषय, जे कारणले अवरुद्ध हुन्छन विभिन्न समयमा बैठकहरु, त्यसमा खाली चियर गर्नेका कारणले मात्रै ती हुने र नहुने भन्ने हुँदैन। यसकारण अहिले जे विषय उठेर आएको छ। र, जुन कारणले गर्दाखेरी अवरुद्ध भएको छ। त्यो नितान्त राजनीतिक कारण छ। त्यसमा संसदका अरु प्राविधिक विषय भए हामीले मिलाउन हुन्थ्यो। या कुनै मन्त्रीलाई बोलाएर जवाफ दिन लगाउने वा प्रधानमन्त्रीलाई जवाफ दिन लगाउने केही कुराहरु भए संसद भित्र संसद भित्र सृजना भएका कुराहरु भए हामी ती कुरालाई अगुवाई गथ्र्यों। तर यो नितान्त यो भन्दा बाहिर, बोलिएको कुरा संसदभन्दा बाहिर बोलिएको छ। र, बोलीलाई लिएर प्रतिपक्षले राजीनामाको माग गरेको छ। अब संसदले यस्तो रुलिङ गर्न सक्दैन। बोलेको भए के बोलेको भनेर हामी जवाफ दिनुस भन्न सक्छौं हामीले। आएर जवाफ दिनुस्, प्रतिपक्षको सुनुवाई गर्नुस् भन्न सक्छौं। यो भित्र अहिलेको यो विषय परेन। त्यसो हुनाले तैपनि आफ्नो ठाउँबाट सकभर यो विषयलाई टुंग्याऊ। र, अनि हाउसलाई निरन्तर अगाडि बढाऊ भन्ने कुरामा पर्यत्नहरु भइरहेका छन। कोशिस मैले पनि गरेको छु, सभामुखले पनि गर्नुृ भएको छ। ती आफ्ना ठाउँमा छन्। तर मूलत यो राजनीतिक नेतृत्वहरुले टुंग्याउनु पर्ने विषय हो। किनकी सभाले अरु धेरै कुराहरु रुलिङ गर्न सक्छ। तर, प्रधानमन्त्रीलाई राजीनामा दिनुस भनेर भन्न सक्दैन। र, प्रतिपक्षलाई तपाई यो माग छोडनुस् भनेर भन्न पनि सक्दैन। किनकी त्यो उहाँहरुको विषय माग हुन्छन। छलफल हुन्छन। तर संवाद गर्नुस्। मैले निरन्तर भनेको संसदलाई जोड दिएको छु। हाउस चलाउनका लागि तपाईहरु संवादमा आउनुस्। संसदमा नआईकन यो अगाडि बढन सकेन। र, कुनै पनि समस्याको समाधान संवाद नै हो। त्यसो भएर संवादमा रहनुस भन्दै मैले त्यो निरन्तर त्यसमा जोड दिए। र, हिजोको बैठकमा त मैले प्रधानमन्त्रीले नै अग्रसरता लिनु प¥यो, अमूर्त ढंगले नभनि प्रधानमन्त्रीले प्रतिपक्षले यो माग राखिसकेपछि प्रधानमन्त्रीले अग्रसरता लिएर सत्तापक्ष र प्रतिपक्षको शीर्ष नेताहरुबीचमा संवाद गराएर यसको निकास निकाल्ने काममा चाँही प्रधानमन्त्रीले अगुवाई गर्नु प¥यो भनेर मैले हिजो भनेको छु।’

प्रकाशित: २५ असार २०८० ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App