१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सूर्यविनायकमा मेयरमा एमाले विजयी, बासुदेव थापा बने मेयर

एमालेकाे तर्फबाट नवनिर्वाचित मेयर बासुदेव थापा

भक्तपुर— भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका बासुदेव थापा विजयी भएका छन्। काँग्रेसका विष्णुराज कार्कीलाई दुई हजार २१ मतान्तर पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १२ हजार एक सय ८६ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका कार्कीले १० हजार एक सय ६५ मत पाएका छन्।

विहान चार बजे सार्वजनिक मतगण्नाअनुसार उपमेयरमा पनि एमालेकै जुन वस्नेत विजयी भएकी छन्। उनले १२ हजार ८ सय ३२ पाएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी कल्पना राजथलाले आठ हजार नौ सय सात मत पाएकी छन्।

सूर्यविनायकमा १० वटा वडाहरु छन्। वडा अध्यक्षमा पनि एमालले नै वढी संख्यामा विजयी भएको छ। १० सात वटा वडामा एमाले वडा अध्यक्षहरु विजयी भएका छन्।
सूर्यनायक नगरपालिकामा ३७ हजार नौ सय ५७ मतदाता थिए। त्यसमा ३१ हजार १९ (८१ दशमलब ७२ प्रतिशत) मत खसेको थियो।

प्रकाशित: ७ जेष्ठ २०७४ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App