१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जनताको जीवनमा आमूल परिवर्तन गर्न आवश्यक छ: अध्यक्ष नेपाल

फाइल तस्बिर

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन। 

आज भक्तपुरमा आयोजित नारायण विलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए। 

उनले यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए । 

अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए।  

प्रकाशित: १७ असार २०८० ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App