५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्। प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरेका हुन्।

प्रदेश सरकारमा रहेको नेकपा माओवादी र जसपाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन परेको हो।

प्रदेशको राजनीतिक स्थायित्व कायम गर्नका लागि सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए। कार्कीले प्रदेशमा आएको राजनीति उतरचाढापका कारण प्रदेशसभा अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य भएको बताए।

प्रदेश सरकार विश्वास गर्न योग्य भएकाले सबै दलले सरकारलाई विश्वासको मत दिनुपर्ने कार्कीको भनाइ छ। नामाकरण मुख्य उपलब्धि भएको कार्कीले बताए। छोटो अवधिमा सरकारले राम्रो काम गरेकोले यही सरकारलाई निरन्तरता दिन उनले अग्रह गरेका छन्।

प्रकाशित: १४ असार २०८० १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App