१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्।

महानगरपालिकाको दीर्घकालीन सोच 'सांस्कृतिक सहर, समृद्ध महानग' लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ।

त्यस्तै महानगरले कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छ। 

बजेटको पूर्णपाठ

प्रकाशित: ६ असार २०८० १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App