२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट निर्माणमा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

फाइल।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए। उनले बजेट संघीयता अनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए। उनले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताए। संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘यो अहिलेमात्रै होइन, २०७२,२०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ। यही बजेटमा के गर्न सकिन्छ? आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो। सशर्त अनुदान भनेर दिएको छ, यदी केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की ? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ।’

प्रमुख सचेतक लेखकले साना बजजेटहरु केन्द्र सरकारले नभइ स्थानीइ तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताए।

प्रकाशित: ३ असार २०८० १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App