४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताए।

उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हकअधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ। यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन्।’

प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरू एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए। उनले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे। उनले अप्ठ्यारो, जटिलता र धेरै खालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्था आफूहरु बलियो बनेको बताए।

प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवी पत्रकारले भोग्नुपरेका समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायत जनपक्षीय उपलब्धिहरू थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरूको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ।

प्रेस सेन्टरले संविधान, संविधानप्रदत्त अधिकार तथा प्राप्त उपलब्धि रक्षाका लागि एक ठाउँमा उभिएका शक्ति बिचको एकतामा जोड दिएको छ। सेन्टरले विगतका कमजोरी सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर जनविरोधी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले परिवर्तनकारी शक्तिसँग सहकार्य गर्ने विश्वास गरेको छ

प्रकाशित: ३१ जेष्ठ २०८० ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App