७ वैशाख २०८१ शुक्रबार
राजनीति

शैक्षिक योग्यता नपुगेका व्यक्ति मुख्यमन्त्री यादवको प्रमुख स्वकीय सचिव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका चन्देश्वर महतोको शैक्षिक योग्यता अपुग रहेको खुलेको छ।

मुख्यमन्त्री प्रमुख स्वकिय सचिवको दरबन्दी प्रथम श्रेणी (सहसचिव स्तर) को रहेको छ। प्रमुख स्वकिय सचिव नियुक्त भएका चन्देश्वर महतोको योग्यता प्रविणता प्रमाण पत्र तह मात्र रहेको खुलेको हो।

प्रमुख स्वकिय सचिवका लागि आवश्यक शैक्षिक योग्यता कम्तिमा स्नातक चाहिन्छ। शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई प्रथम श्रेणीको तलब, सुबिधा उपलब्ध गराइएको छ। उनको तलब मात्र ५७ हजार ७८७ रहेको छ।

महतोले सहसचिवको तलब, भत्ताको अतिरिक्त गाडी, चालक लगायतका सुविधाहरु लिएका छन्। उनलाई सरकारले मधेश भवन भित्र आवासको सुविधापनि उपलब्ध गराएको छ।

महतोले प्रविणता प्रमाणत्र पत्र तह सम्मको शिक्षा प्राप्त गरेको बताएका छन्। 'मेरो शैक्षिक योग्यता प्रविणता प्रमाणत्र तह रहेको छ,' उनले भने, 'मलाई कसरी नियुक्त गरिएको हो, त्यसबारे सम्बन्धित निकायलाई नै थाहा होला।'

यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नुरहरि खतिवाडाले सहसचिव सरहको राजनीतिक नियुक्ती हुने व्यक्तिको हकमा पनि शैक्षिक योग्यता स्नातक चाहिने बताएका छन्। स्नातक भन्दा कम शैक्षिक योग्यता भएका व्यक्तिलाई प्रथम श्रेणीको तलब, सुबिधा दिन नमिल्ने उनले बताए।

'मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिव रहेकाले त्यसको नियुक्तीबारे मलाई जानकारी छैन्' उनले भने, 'यस सम्बन्धमा मुख्यमन्त्रीजी स्वयंले बुझ्नु पर्ने हो। उहाँको निजी सचिवालयमा कार्यरत्त कर्मचारीको विषयमा मन्त्रालयका कर्मचारीहरुलाई धेरै कुरा थाहा हुँदैन।'

महतोलाई मुख्य स्वकिय सचिवमा २०७९ चैतदेखि नियुक्ती गरिएको थियो। हालसम्म उनले दुई महिनाको तलब खाएको लेखा प्रशासनले जनाएको छ।

महतो गत निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र ४ को ूखू बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी समेत दिएका थिए। जनता समाजवादी पार्टी ९जसपा० को टिकटमा उम्मेदवारी दिएका महतोले ४३४ मत मात्रै ल्याएका थिए। उक्त क्षेत्रबाट नेकपा एमालेका हरिनारायण महतोले १७ हजार ३०२ मत ल्याएर निर्वाचित भएका थिए।

यस विषयमा मुख्यमन्त्री सरोज कुमार यादवसंग कुरा गर्न खोज्दा उनको फोन उठेको छैन। 

प्रकाशित: २२ जेष्ठ २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App