१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भयो: नेता पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताए। उनले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गरे।

उनले भने ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो। संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो। संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणिकरण गर्ने अवस्था हुनुपथ्र्यो। त्यसैले कन्टेन्टको बारेमा सहमति, विमती के छ त्यो भन्दापनि प्रोशेसका बारेमा त्रुटी देखियो। प्रक्रिया र समय उपयुक्त भएन। सांसदहरुले छलफल गरेर टुंग्याउनुपथ्र्यो। कन्टेन्टको बारेमा कसैको बिरोध थिएन। कन्टेन्टमा आम रुपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटी गरियो त्यो स्वभाविक भएन। नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ।’

प्रकाशित: २१ जेष्ठ २०८० १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App