१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रम दाहाललाई भारतीय राज्यमन्त्रीको स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाललाइ इन्दिरा गान्धी अन्तरास्ट्रिय बिमानस्थलमा भारतीय बिदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन।

प्रधानमन्त्री  दाहाल औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली पुगेका बेला विमानस्थलमै भारतीय बिदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत  गरेकी हुन।

यस अघि आज  अपरान्ह नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ४० मिनेटको समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन्।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।

प्रकाशित: १७ जेष्ठ २०८० १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App