८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै नबसी भोलि सम्मका लागि स्थगित

आज दोस्रोपटकका लागि बोलाइएको प्रतिनिधी सभाको  बैठक बस्दै नबसी भोलि दिउँसो ४ बजसम्मका लागि स्थगित गरिएको छ।

माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेका सांसदले  आजको बैठक  अवरुद्ध गरेर बस्न नसकेको हो।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेतिर मात्र बसेको थियो । पछि, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

दलहरूबीच संसद पुनस्सञ्चालन गराउने विषयमा सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले सूचनामार्फत् बैठक स्थगित गरेका हुन्।

प्रकाशित: १२ जेष्ठ २०८० १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App