coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

शपथ ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरू।

लामो समयको रस्साकस्सी पश्चात् सत्तारुढ दलहरुको बीचमा भागबन्डा मिलेपछि आइतबारबाट बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।

सत्तारुढ दलको बीचमा भागबन्डा मिलाउने क्रममा एउटा मन्त्रालय बढाइएको छ। मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो निर्णय नै मन्त्रालय घटाउने निर्णय गरेका शालिकराम जमरकट्टेल मन्त्रालयको सङ्ख्या ११ बाट एक थप्दै १२ बनाउन तयार भएका हुन्।

आइतबार नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण मन्त्रीको शपथ लिँदा रामकृष्ण चित्रकारले विना विभागीय (जिम्मेवारी पछि तोकिने) मन्त्रीको शपथ लिएका हुन्।

यस्तै नेकपा (एकीकृत समाजवादी) का डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रीको शपथ लिएका छन्।

उनीहरुलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्। यस अघि कांग्रेस प्रदेश संसदीय दलका नेता, आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिँह लामाले नै कांग्रेसले पाउने मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यसअघि कांग्रेसबाट बहादुरसिँह र तीर्थबहादुर लामा मात्रै मन्त्री बनेका थिए। यो सँगै अब कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र नेकपा एसबाट २ जना मन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल मुख्यमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन,  कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन्।

प्रकाशित: ७ जेष्ठ २०८० ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App