१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैनः योगेश भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रश्ताव नभएको बताएका छन्।

शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताए। उनले नीति तथा कार्यक्रममा कुनै जोश, जाँगर र सपना नरहेको जिकिर गरे।

उनले भने, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन। त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौति छन्। त्यसलाई ठोस कार्ययोजना छैन। यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन।’

सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतिको समाधान गर्ने कुरा नरहेको उल्लेख गरे।  

प्रकाशित: ५ जेष्ठ २०८० १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App