१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद सुवालको प्रश्नः पूर्वप्रधानमन्त्रीले प्रहरी अधिकृतहरुलाई फोन गरेर दबाव दिइरहनु भएको सत्य हो की होइन?

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको भन्दै तीन वटा प्रश्न सरकारलाई सोधेका छन्।

उनले सोमबार प्रतिनिधिसभा बैठकमार्फत सरकारलाई सोधे, ‘नेपालीलाई भुटानी शरणार्थी बेचबिखन गरिएको आरोपमा पूर्व दुई उपप्रधानमन्त्रीद्घय बालकृष्ण खाँण र टोपबहादुर रायमाझि पक्राउ परेका छन्। यसबारे अनुसन्धान भोलिसम्म सक्नुपर्ने काठमाडौ जिल्ला सरकारी वकील कार्यालयको दबाव प्रहरीलाई गएको छ। यो के हो?’

उनले यो प्रकरणलाई कमजोर बनाउने प्रपञ्च रचिएको त होइन भन्दै आशंका व्यक्त गरे। ‘महान्यायधिवक्ताको कार्यालयले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको मुद्दा प्रहरीमा दर्ता गराएन भन्ने आएको थियो । यसमा पनि त्यस्तै हुने त होइन’, सांसद सुवालले भने।

उनले अर्को प्रश्न गरे, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रतिवेदन फेला परेको हो की होइन? यदि सत्य हो भने यसमा पूर्व तत्कालिन प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ की पर्दैन।’

यसैगरी सांसद सुवालले अर्को प्रश्न गरे, ‘एक जना पूर्व प्रधानमन्त्रीले ५÷५ पटक प्रहरी अधिकृतहरुलाई फोन गरेर आफ्नो पत्नीको नाम कुनै पनि अवस्थामा नआओस भनेर दबाव दिइरहनु भएको सत्य हो की होइन?’

यसैगरी उनले फेरी अर्को जिज्ञासा राखे, ‘अर्का प्रधानमन्त्रीको स्वकिय सचिवको नाम जोडिएको सत्य हो की होइन?’

प्रकाशित: १ जेष्ठ २०८० १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App